लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय/वन निर्देशनालय

डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध)

चन्द्रौटा, कपिलवस्तु

महेन्द्र राज वाग्ले

सिनियर डिभिजनल वन अधिकृत

प्रदिप कुमार चौधरी

बरिष्ठ वन अधिकृत

नेपाल संघीयतामा गई वन तथा वातावरण मन्त्रालयको पुनर्सरचना भईसकेपछि प्रदेश नं.५ अन्तर्गत कपिलबस्तु जिल्लामा २ वटा डिभिजन वन कार्यालयहरु (डिभिजन वन कार्यालय कपिलवस्तु (कपिलवस्तु) र डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध)) स्थापना भए । यस डिभिजनको पूर्वमा कपिलबस्तु जिल्लाको गुड्रुङ्ग खोला, पश्चिममा दाङ जिल्ला र भारतको उत्तर प्रदेशको वलरामपुर जिल्ला, उत्तरमा अर्घाखांची जिल्ला र  दक्षिणमा भारतको उत्तर प्रदेशको सिदार्थ नगर जिल्ला पर्दछ । यस डिभिजनको पूर्व परिश्चम सरदर लम्बाई ४० कि.मि. र उत्तर दक्षिण चौडाई ३२ कि.मि. रहेको छ । त्यसैगरी उत्तरी सिमाना चुरे रहेता पनि आर्घाखांची जिल्लाको सिमानाले चुरेको फेदी सम्म नै ओगटेको हुँदा यस डिभिजन अन्तर्गतको अधिकांस क्षेत्र समथर रहेको छ ।