लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय/वन निर्देशनालय

डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध)

चन्द्रौटा, कपिलवस्तु

असार २४, २०८२

डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) बाट शिवराज नगरपालिका वडा नं. २, हरातीस्थित अतिक्रमित वनक्षेत्रबाट अतिक्रमण हटाई वृक्षारोपण गर्ने कार्य सम्पन्न भएको छ । पुरानो वनक्षेत्र अतिक्रमण गरी वनक्षेत्रको जग्गामा कृषि खेती गर्ने तथा बेचबिखन समेत हुने गरेको भनि स्थानीय बासिन्दाबाट जानकारी प्राप्त हुन आएपश्चात डिभिजन वन कार्यालयको अग्रसरतामा अतिक्रमित १५ हेक्टर क्षेत्रमा तारबार सहित वृक्षारोपण गरी वन पुनर्स्थापना गरिएको हो । स्थानीय समुदायको सहभागितामा डिभिजन वन कार्यालय कपिवलस्तु (गौतमबुद्ध) अन्तर्गत सव डिभिजन वन कार्यालय शिवपुरको समन्वयमा उक्त वृक्षारोपण कार्य सम्पन्न भएको हो ।